Logo

अर्जुन र सञ्जयबीच जमिनको लागि युद्धः “पानीपत” ट्रेलर (भिडियोसहित)



अभिनेता अर्जुन कपूर, सञ्जय दत्त र अभिनेत्री कृति सेननको अभिनय रहेको फिल्म “पानीपत” को ट्रेलर सार्वजनिक भएको छ । एक्सनले भरिपूर्ण फिल्मको ट्रेलर युट्बुमा सार्वजनिक गरिएको हो । अर्जुन र सञ्जयबीच घमासान युद्धलाई भिडियोमा देखाइएको छ । ट्रेलरमा भिलेनको रोलमा प्रस्तुत गरिएको सञ्जयलाई खतरनाक अवतारमा देख्न पाइन्छ भने अर्जुन र कृतिको केमेस्ट्री पनि देखाइएको छ ।

फिल्ममा अर्जुनले पेशवा बाजीराव प्रथमका भतिज र पानीपतको तेस्रो लडाईंमा मराठा सेनाको सरदार सेनापति सदाशिव राव भाऊको भूमिका निभाएका छन् । कृतिलाई मराठा महारानीको भूमिका निभाएकी छिन् भने सञ्जयले अहमद शाह अब्दालीको एक क्रूर राजाको रुपमा प्रस्तुत भएका छन् । यो फिल्ममा मोहनीश बहल र जीनत अमानको पनि प्रमुख भूमिका छ ।

आशुतोष गोवारिकर निर्देशित यो फिल्म अब्दाली र मराठाबीच १४ जनवरी १७६१ मा भएको पानीपतको तेस्रो लडाईंमा आधारित छ । १८औं शताब्दीको सबैभन्दा महत्त्वपूर्ण लडाईंमध्ये एक मानिन्छ । अर्जुनले यस फिल्मको लागि कपाल काटेर तालु बनाएका छन् भने सञ्जयले निकै हेवी कस्ट्यूम लगाएका छन् । ६ डिसेम्बरमा रिलिज हुने यो फिल्म छायांकनको बेलादेखि नै निकै चर्चामा रहेको छ ।

हेर्नुहोस् ट्रेलरः



प्रतिक्रिया दिनुहोस्