Logo

प्रहरी नै हेडक्वार्टरमा विरोध प्रदर्शनमा उत्रिए



आन्दोलन र विरोध प्रदर्शन हुँदा शान्तिसुरक्षाका लागि प्रहरी खटिनु सामान्य मानिन्छ । तर, प्रहरी नै विरोध प्रदर्शनमा उत्रिएमा के होला ?

भारतको राजधानी नयाँ दिल्लीमा प्रहरी नै विरोध प्रदर्शनमा उत्रिएका छन् । ड्युटीमा खटिएका प्रहरीमाथि कानुन व्यवसायीहरुको समूहले आक्रमण गरेको भन्दै दिल्लीमा सयौं प्रहरी आइटीओस्थित प्रहरी मुख्यालयमा प्रदर्शनमा उत्रिएका हुन् ।

विरोध प्रदर्शनमा उत्रिएका प्रहरीहरुले प्लेकार्ड समेत बोकेका थिए । प्लेकार्डमा हामी पनि प्रहरी पोशाककका मानिस हौं, रक्षकलाई नै रक्षाको आवश्यकता पर्यो जस्ता नारा लेखिएका थिए । उनीहरु प्रहरी पोशाकसहित र रहित प्रदर्शनमा सहभागी थिए । प्रदर्शनपछि उनीहरुको माग सम्बोधन हुने भनियो ।

साकेतस्थित अदालतमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीले प्रहरीहरुलाई हातपात गरेपछि विवाद बढेको थियो । हातपातपछि प्रहरीहरु प्रदर्शनमा उत्रिएका थिए ।

एजेन्सी Photo Source: ndtv and indiatoday



प्रतिक्रिया दिनुहोस्