Logo

वीरको भीआइपी उपचार कक्ष अलपत्र, ओली नै जाँदैनन्, अरु को जाने ?(तस्विर)



काठमाण्डौ । वीर अस्पतालमा बिशिष्ट ब्यक्तीहरुको उपचारका बनाइएका उपचार कक्ष प्रयोग बिहिन भएका छन् । बिशिष्ट ब्यक्तीहरु उपचारकै लागि बिदेश नै दौडधुप गर्ने प्रबृत्ति रोक्न बीर अस्पतालले भिभिआइपी उपचार कक्ष निर्माण ग¥यो । तर, भिआईपी तथा भिभिआइपीको बिदेश यात्रा नरोकिएपछि उपचार कक्ष प्रयोग बिहिन भएका हुन् ।

वीर अस्पतालमा बनाइएको यो भिभिआइपी उपचार कक्ष राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हो । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि पनि हो । अन्य धेरै विशिष्ट व्यक्तिको उपचारका लागि यो कक्ष निर्माण गरिएको हो । सरकारी अस्पतालमा बनाइएको भिभिआइपी उपचार कक्षमा सरकारकै नेतृत्व गरिरहेका केपी ओली कहिलै पनि जाँदैनन् ।

स्वास्थ्य उपचारका लागि पटक पटक विदेशका महङ्गा अस्पताल पुगिसकेका ओली स्वदेशकै निजी अस्पताल ग्राण्डी र सरकारी अस्पताल त्रिवी शिक्षण अस्पताल जाने गरेका छन् । तर वीर अस्पतालको भिभिआइपी कक्षमा उनी पुगेकै छैनन् ।

प्रधानमन्त्री ओली मात्रै होइन, यो उपचार कक्षमा अरु कोही विशिष्ट व्यक्ति उपचारका लागि नआउने गरेको वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरी बताउँछन् । ओलीको स्वास्थ्य उपचार धेरैभन्दा धेरै राम्रो र सुविधाजनक अस्पतालनमा गर्नुपर्छ । तर वीरको स्वास्थ्य सेवाप्रति किन विश्वास भएन यो गम्भीर विषय हो ।

वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरी

वीरको भीभीआइपी उपचार कक्षको भुइँमा महङगमा गलैंचा छ । बिरामीका लागि आकर्षक बेड राखिएको छ । बेडको छेउमा मोनिटर । बिरामी कुरुवाका लागि दुईवटा लोबेड । बिरामीलाई देखिने गरी बस्नका लागि दुवैतर्फ सोफा । कोठाको छेउमा एउटा दराज पनि छ । झ्यालमा आकर्षक पर्दा छन् । भित्तामा आकर्षक पेन्टिङ । अट्याच बाथरुम । र महङगाा महङगा सामान ।

भिआइपी कक्षमा राखिएका सोफाहरु त प्लाष्टिकले छोपेर राखिएको छ । प्रयोगविहिन उपचार कक्षको व्यवस्थापन र संरक्षणकै लागि वर्षेनी ठूलो रकम खर्च हुने गरेको निर्देशक सेन्चुरी बताउँछन् ।

देशको एक मात्र सरकारी अस्पतालको भीआईपी र भिभिआइपि कक्ष बर्षै भयो खाली छ । भीआईपी कक्षको नजिकै भीभीआईपी उपचार कक्ष छ तर, त्यसको गेटमा ताला लागेको धेरै भइसक्यो । ०४६ पछि कोही पनि भीभीआईपी कक्षमा उपचारका लागि पुगेका छैनन् ।

हेर्नुहोस् तस्विर :



प्रतिक्रिया दिनुहोस्