Logo

एकै परिवारका नौ जनाको विभत्स हत्या



मेक्सिकोमा एकै परिवारका नौ सदस्यको विभत्स हत्या भएको छ । मंगलबार अमेरिका-मेक्सिको सीमा नजिकै उनीहरुको हत्या भएको हो ।

आफन्तको विवाहमा सहभागी हुन मेक्सिकोको सोनोराबाट चिहुआहुआतर्फ तीनवटा कारमा यात्रा गरिरहेका उनीहरुलाई सियरा माड्रे ओक्सिडेन्टल भन्ने स्थानमा आक्रमण गरिएको थियो । एम्बुस आक्रमणमा पारेपछि कसैलाई गोली हानिएको त कसैलाई जिउँदै जलाएर मारिएको बताइएको छ । मारिनेमा महिला र केटाकेटी छन् । घटनामा तीन महिला, चार केटाकेटी र दुईजना दश महिनाका जुम्ल्याहा मारिएका छन् । घटनामा घाइते सातजना केटाकेटीलाई अस्पताल दौडाइएको थियो ।

ड्रग कार्टलहरुको द्धन्द्ध चल्दा झुक्किएर उनीहरुमाथि आक्रमण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जनाइएको छ । मारिनेहरु मेक्सिकोमा दशकौं देखि बस्दै आएका अमेरिकी मारमन समुदायका हुन् । उनीहरुसँग मेक्सिको र अमेरिका दुवै देशको नागरिकता रहेको छ ।-एजेन्सी Photo Source:straitstimes



प्रतिक्रिया दिनुहोस्