Logo

दलालसंग धान किन्छ खाद्य संस्थान



काठमाडौं, कार्तिक २० । नेपाल खाद्य संस्थानले किसानसँग सोझै धान खरिद नगरी दलालबाट महँगो मूल्यमा खरिद गर्ने गरेको खुलेको छ।

धान खरिदमा दलाल र खाद्य संस्थानका कर्मचारीबीच मिलेमतो हुने गरेको राष्ट्रिय सतर्कता केन्द्रको विस्तृत अध्ययनले देखाएको छ। दलाललाई धान किन्ने अवसर दिन संस्थानले करिब ४ महिना समय नै दिने गरेको प्रतिवेदनमा उल्लेख छ।

किसानलाई धानको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले आर्थिक वर्ष २०७५र७६ का लागि मन्त्रिपरिषद्को २०७५ साउन २३ गतेको निर्णयबाट रोपाइँ हुँदाकै समयमा न्यूनतम मूल्य तोकिएको थियो।

उक्त निर्णय कार्यान्वयन गर्न संस्थानलाई चार महिनाभन्दा बढी समय लाग्यो। सो निर्णय कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७५ कात्तिक १५ गते मात्र नेपाल खाद्य संस्थानलाई निर्देशन दियो।

संस्थानले २०७५ मंसिर १० गते मात्र सरकारको निर्णय कार्यान्वयन गर्न मातहतका अञ्चल तथा शाखा कार्यालयलाई निर्देशन दियो। दलाललाई खुसी गराउन सरकारको निर्णय समयमा नै कार्यान्वयन नगरिएको प्रतिवेदनमा औंल्याइएको छ।आजको नागरिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्