Logo

शनिबार ‘अकुपाई टुँडिखेल’ अभियान



काठमाडौं, कार्तिक २० । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर आगामी शनिबार ‘अकुपाई टुँडिखेल’ अभियान सुरु हुने भएको छ ।

टुँडिखेल मैदान मात्रै नभएर आपत विपतको समयमा छाना बनेको भन्दै मिचिएको टुँडिखेल फिर्ता ल्याउन उक्त अभियान सञ्चालनमा आउन लागेको हो । आगमी २३ कात्तिकदेखि सुरु हुने उक्त अभियानको पहिलो दिन मानव साङ्लोसहित टुँडिखेल घेराउ गर्ने कार्यक्रम छ ।

शनिबार बिहान ८ देखि दुई घण्टा मानव साङ्लोले घेरेर टुडिखेल बचाउ अभियानको सुरुवात हुने भएको छ। उक्त अभियानअन्तर्गत विभिन्न झाँकी रहितको ¥याली, सडक नाटक, पुराना चित्रहरूको प्रदर्शनी लगायतका कार्यक्रम गरिने छ ।

अभियानमा हजारौ मानिषको सहभागीता रहने आयोजकको विश्वास रहेको छ । बढ्दै गएको अतिक्रमण विरुद्व चेतना जगाउन उक्त अभियान सञ्चालनमा आउन लागेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्