Logo

विमानस्थलमा पुनः ‘ड्युटी फ्रि शप’



काठमाडौं, कार्तिक २० । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो ।

पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्चालनका निम्ति बिक्री गरिने सामानहरुको सूचिसहित अन्य व्यवस्थापनको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका थिए ।

२०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदाको समयदेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि शप बन्द थियो ।मन्त्रालयले विमानस्थलमा ११ वर्षपछि पुनःड्युटी फ्रि शप सञ्चालनको तयारी गरेको हो । आजको आर्थिक अभियानमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्