Logo

विद्या–केपीद्वारा माधवसंग निरन्तर बदला



काठमाडौं, कार्तिक २० । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालमाथिको शृखला अझै रोकेका छैनन् । पार्टी एकता भएको १५ महिना पछि पद घटुवा गरेर नेपालसंग बदला लिएका केपी–विद्याले पछिल्लो पटक सोमबार प्रदेश प्रमुखहरुको छनौटमा पनि नेपाललाई ‘माइनस’ गरेर बदलाको सृखलालाई निरन्तरता दिएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबाटै बदलाको यस्तो शैली अपनाइएपछि सक्तरुढ दल नेकपा कम्युनिस्ट पार्टी (नेकपा) भित्र फेरी किचलो सुरु भएको छ । जसका कारण टुंगिन लागेको नेकपाको एकता प्रक्रिया समेत संकट उत्पन्न हुन सक्ने खतरा देखिन थालेको छ ।

नेकपाको सोमबार बसेको सचिवालयको बैठकले प्रदेश प्रमुखको नाम सरकारलाई प्रस्ताव गरेको थियो । सचिवालय बैठक रिक्त प्रदेश प्रमुखको छलफल गर्न भने र बोलाइएको थियो । तर, बैठकमा कसैका कुना सुनियन । निणर्य सुनाउन बैठक बोलाइएको जस्तो देखियो ।

स्रोतका अनुसार अध्यक्ष ओलीले आफ्ना नजिकका उमेदवारको रेडिमेड नाम निणर्य गरेर सुनाएका छन् । बैठकमा बरिष्ठ नेता नेपालले पनि आफ्नो समुहको आधा दर्जन जति नाम सिफारिस गरेका थिए । नेता नेपालले विधि, प्रक्रिया र मापदण्ड बनायर व्यक्तिको छनौट गरौ भनेर प्रस्ताव गरेको समेत स्रोतले जनाएको छ ।

सचिवालयका एक अधिकारीका अनुसार बैठकमा अर्का अध्यक्ष पुष्प कमल दाहाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले पनि आफ्ना निकटको नाम सिफारिस गरेपनि ओलीले कसैको मतलव नगरेको जनाईएको छ ।

स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको बिचमा पहिले नै प्रदेश प्रमुखको नामको बारेमा सहमती भईसकेको जनाइएको छ । सरकारले आईतबार सात वटै प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निणर्य गरेपछि सोमबार रिक्त पदपूर्तिका लागि सम्भावित व्यक्ति छनौट गर्न नेकपाको सचिवालय बैठक बोलाइएको थियो ।

तर, स्रोतका अनुसार अध्यक्षद्वयबिच प्रदेश प्रमुखलाई पदमुक्त गर्नु अधि नै क–क कसलाई नयाँ प्रदेश प्रमुख बनाउने भन्ने सहमति भइसकेको थियो । नयाँ प्रदेश प्रमुखको नाम टुङगो लगाइसकेपछि मात्र पुरानालाई मुक्त गरिएको स्रोतको दाबी छ । सचिवालय बैठक त संस्थागत छलफल भएको थियो भन्ने देखाउन मात्र बोलाइएको बताइन्छ ।

छलफलका लागि भन्दै बैठक बालाउने तर बैठकमा अरुका कुरै नसुन्ने अध्यक्ष आलोको शैलीले पार्टी नै दुर्घटनामा जाने हो कि भन्ने आशंका आमकार्यकर्तामा उत्पन्न भएको छ । प्रदेश प्रमुखहरुको छनौटमा पनि आफुलाई माइनस गरेपछि सोमबारको बैठकमा नेता नेपालले आफूले लिखित असहमति नोट अफ डिसेन्ट लेखने जानकारी गराएका थिए ।

यसअधि पनि नेपालले विधि, प्रक्रिया र मापदण्ड मिचेर पार्टीमा एकलौटी गरिएको भन्दै ६ बुँदे असहमति दर्ता गराइसकेका छन् । यसबिचमा पार्टी एकताका लागि भन्दै वरिष्ठ नेता नेपाललाई अलग्याएर अनौपचारिक बैठक हुँदै आएका थिए । केही हप्ता अधि बिग फोर नेताका नाममा पटक–पटक बसेको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रष्ठलाई अलग्यायर बेग्लै छलफल भएको सकारात्मक परिणाम भने देखिएन् ।

केपी ओली र विद्या भण्डारीलाई देस्रो कार्यकाल प्रधानमन्त्री र राष्ट्रपति बनाउन महत्वपूर्ण भूमिका खेलेका बरिष्ठ नेता माधवकुमार नेपालमाथी निरन्तर भइरहेको यो हमलाबाट आम कार्यकर्तासमेत आचार्य चकित भएका छन् ।

पार्टी्िभत्र अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्काे अध्यक्ष पुष्पकमल दहालकै हाराहारीको शक्तिसुन्तुलमा रहेका वरिष्ठ नेता नेपाललाई पार्टी एकता सम्पन्न भएको १५ महिनापछि बिनाप्रसंग वरीयता प्रकरण व्युँताएर कमजोेर बनाउने षड्यन्त्र त गरियो नै बैठकमै नबोलाउने, बोलाए पनि कुरै नसुन्ने गरिएको छ ।

पार्टी एकताका बेला चीन भ्रमणमा रहेका खनालाई केन्द्रीय सदस्य मात्रै बनाएर हुमति लिने र वरिष्ठ नेता नै नबनाउने ओलीको योजना त्यतिबेला बरिष्ठ नेता नेपालकै कारण असफल भएको थियो । त्यतिबेला खनालको हुमति लिन ओलीले चालेको षड्यन्त्र पर्दाफास गर्दै नेता नेपालले सचिवालयको एक बैठकमा यस्तो चरित्र आइन्दा नदेखाउन चेतावनी दिएका थिए ।

नेताहरुको योगदान र इतिहासको षड्यन्त्र गरेर हमति लिने कुराले पार्टीमा ध्वंस निम्त्याउने भन्दै नेपालले त्यस्तो चरित्र आन्दा नदेखाउन भन्दै अध्यक्ष आृेलीका अतीतका हानिकारक क्रियाकलापको भण्डाफोर गर्ने चेतावनी पनि दिएका थिए ।

प्रधानमन्त्री ओलीले पछिल्लोपटक वरिष्ठ नेता नेपाललाई नियोजित रुपमै कमजोर बनाउने गम्भीर षड्यन्त्र गरेका विश्लेषण नेकपावृतमा हुन थालेको छ । उनको यो कदमलाई देशको अभिभावक राष्ट्रपति भण्डारी धोषित रुपमै साथ दिइएको बताइन्छ ।

आजको बुधवार साप्ताहिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्