Logo

नास्ट सेवा आयोग लथालिंग



काठमाडौं, कार्तिक २० । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सेवा आयोगको कामकारबाही लथालिंग भएको छ। आयोग अध्यक्षको कार्यशैलीविरुद्ध कर्मचारी आन्दोलनमा उत्रिएपछि आयोगको सम्पूर्ण कामकारबाही ठप्प भएको हो।नयाँ कर्मचारी नियुक्ति, पुरानाको बढुवा, अस्थायी र करारमा कार्यरत कर्मचारीको वृत्ति विकास प्रभावित भएको छ।

आयोग अध्यक्ष डा चिरञ्जीवी रेग्मीले पाउनुभएको जिम्मेवारी र क्षेत्राधिकारअनुसार कुनै कामकारबाही हुन नसकेपछि आन्दोलनमा उत्रनुको विकल्प नभएको नास्ट वैज्ञानिक र कर्मचारीले बताए।

सबै कर्मचारीको वित्तृविकास ठप्प भएको बताउँदै नास्टका एक वरिष्ठ अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘बाह्र वर्ष भइसक्यो कुनै कर्मचारीको बढुवा भएको छैन, नयाँ र करार कर्मचारीको नियुक्ति प्रक्रिया पनि आयोगका कारण रोकिएको छ।’ आजको नेपाल समाचारपत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्