Logo

नक्कली सुन देखाई ठगी गर्ने नियन्त्रणमा



साँखु, २० कात्तिक : नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले मङ्गलबार साझँ बेँसीगाउँबाट नियन्त्रणमा लिएको छ । बिक्री वितरणका लागि नक्कली सुन देखाई हिँडिरहेका भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय बौद्धले दोलखा गौरीशङ्कर गाउँपालिकाका २३ वर्षीय मीनबहादुर तामाङ र सोही ठेगाना भएका २० वर्षीय पेम्बा तामाङलाई नियन्त्रणमा लिएको हो ।

लामो समयदेसख ‘फाइन गोल्ड वान केजी’ लेखिएको सुनजस्तो देखिने पहँेलो धातु बोकेर बिक्री वितरणका लागि ठगी गर्ने व्यक्ति हिँडिरहेका प्रहरीले जनाएको छ । पक्राउपछि उनीहरुलाई आज म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने बौद्धका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्