Logo

लागुऔषधसहित युवक नियन्त्रणमा



लहान, २० कात्तिक : प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बरीयारपट्टिबाट खटिएको टोलीले लागुऔषधसहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी १९ वर्षीय विजयकुमार यादवलाई नियन्त्रणमा लिएको छ ।

भारतीय बजार लदनियातर्फबाट आउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा यादवको साथबाट नाइट्रोभेट ३६ थान, नाइट्रोजन १०० थान, स्पासो २४ थान र दुई थान डाइलेक्स डिसी बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्