Logo

चितवनको शक्तिखोर देखि फिस्लिङ सम्मको सडक निर्माण तीब्र



भरतपुर, २० कात्तिक  : चितवनको शक्तिखोरदेखि फिस्लिङ जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । एशियाली विकास बैंकको अनुदानमा फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर सडक आयोजनाको काम धमाधम भइरहेको हो ।

ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई ललितपुरले अनुगमन गर्ने गरी गत वर्षको पुस महिनामा शिलान्यास भएको सडकको २५ प्रतिशत निर्माणको काम सम्पन्न भएको आयोजनाका इञ्जिनीयर कालीबहादुर शाहीले जानकारी दिए ।

चेपाङको बाहुल्य रहेका पहाडमा पिचसहितको सडक निर्माण हुने भएपछि स्थानीयवासी दङ्ग भएका छन् । स्थानीयवासी शन्तबहादुर चेपाङ दिनभर हिँड्नुपर्ने बाटो सडक निर्माण भएपछि एक-दुई घण्टामानै पार गर्न सकिने भएको बताए । शक्तिखोरदेखि फिस्लिङसम्मको दुरी ४७ किमि छ । तर ३७.९ किमि सडकमात्रै कालोपत्र हुनेछ । निर्माणको जिम्मा साञ्जी एण्ड आशिष जेभिले पाएको छ ।



प्रतिक्रिया दिनुहोस्