Logo

मानिसको भाग्य निधारको रेखामा



निधारमा पर्ने सबै भाग्य रेखाको फरकफरक महत्व रहेको हुन्छ । हामीले निधारमा देखिने विभिन्न रेखाका छुट्टाछुट्टै विशेषता रहेका छन् । ती रेखाहरुमा व्यक्तिको भाग्य खिचिएको हुन्छ । कसैको निधारमा तीन रेखा त कसैकोमा तीन भन्दा बढी रेखा देखिन्छ ।

निधारको पहिलो रेखा जुन आखीँभौको नजिक रहेको हुन्छ त्यसले धन ऐश्वर्य देखाउँछ । यस्ता रेखाहरु जति सफा र स्पष्ट हुन्छन् त्यत्ति नै धन आर्जन गर्न सकिन्छ । रेखा वीचमा टुटेको वा छोटो भएमा बारम्बार आर्थिक अवस्थामा उतारचढाव आइरहन्छ ।

पहिले रेखासँग जोडिएको दोस्रो रेखा स्वास्थ्यसँग सम्बन्धित हो । यो रेखा गाढा र सफा भएमा व्यक्ति स्वास्थ्य हुन्छ भने पातलो तथा हल्का भएमा रोगी हन्छ भन्ने बुझिन्छ । यो रेखा वीचमा टुटेको वा तलमाथि भएमा लामो समयसम्म विरामी हुने संकेत बुझिन्छ ।
तेस्रो रेखा भाग्य रेखा हो । यस्तो रेखा कमै मानिसको निधारमा देखिने गर्दछ । यस्तो रेखा जुन व्यक्तिको निधारमा हुन्छ त्यो व्यक्ति भाग्यमानी हुने गर्दछ ।

जुन व्यक्तिको निधारमा एकैसाथ तीन वटा रेखा हुन्छ त्यस्तो व्यक्ति धेरै भाग्यमानी हुन्छ ।
तलमाथि भएर जोडिएको चौथो रेखा निधारमा भएको मानिसको जीवनमा धेरै उतार चढाव आउने गर्दछ । आयुको २६ वर्षदेखि ४० वर्षसम्म उतार चढाव तथा संघर्षपछि यस्ता व्यक्ति सफलतामा पुग्ने गर्छन् । ४० वर्षको उमेरपछि धेरै सफलता पाउनुका साथै धेरै सम्पत्ति कमाउने हुन्छन् ।

पाँच रेखा भएको मानिस धेरै भाग्यमानी भएको पुष्टि गर्दछ । यस्ता धेरै रेखा भएको मानिस धेरै चिन्तित हुने गर्छन् । जतिसुकै सफलता र सम्पन्नता भएपनि कुनै न कुनै कारणबाट उ चिन्तित भइरहन्छ । यस्ता व्यक्ति कहिलेकाहीँ सबै कुरा त्यागेर हिड्ने गर्छ ।

नाकको सिधाबाट माथितिर गएको छैटौँ भाग्य रेखा भएको मान्छे विलक्षण प्रतिभाशाली भएको हुन्छ । यस्ता व्यक्ति पूर्वजन्ममा राम्रो संस्कारमा बाधिएका हुने र उनीहरु माथि भगवानको कृपा हुने भनाइ रहेको छ । यस्ता व्यक्तिले अचानक रुपमा आश्चर्यजनक तरिकाबाट उन्नति प्रगति गर्छन् ।

-धर्म ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्