Logo

वृंदाको सतीत्व भंग भएपछि…



प्राचीन कालमा जालन्धर नामको राक्षसले उत्पात मच्चाएको थियो । उनी धेरै वीर तथा पराक्रमी थियो । उनको वीरताको एक रहस्य उनकी पत्नी वृंन्दाको पतिब्रता धर्म थियो । पतिब्रता धर्मकै प्रभावबाट उनी विजय बनेका थिए । जान्धरको उवद्रवोबाट दुखित देवगण भगवान विष्णुको साथ गएर आफ्नो रक्षाका निमित्त गुहार मागे ।

उनको प्रार्थना सुनेर भगवान विष्णुले वृंदाका पतिव्रता धर्म नष्ट गर्ने विचार गरे । उनले जालन्धरको रुप धारण गरी छल गरी वृंदालाई आफ्नो वंशमा पारे । वृंदाका पति जालन्धरधर, देवताहरुसँग बडो पराक्रमबाट युद्ध लडिरहेको थियो । उता जालन्धर रुपी भगवान विष्णुले वृंदाको सतीत्व नष्ट गर्नासाथ उसको मृत्यु भयो । जसरी वृंदाको सतीत्व भंग भयो जलान्धरको शिर उसको आंगनमा आएर पछारियो । जब वृंदाले यो देखेर क्रोधित भइन र जान्न चाहिन् । मलाई छुने चाहिँ को हो । उनको अगाडि भगवान विष्णु उभिएका थिए । उनले विष्णुलाई श्राप दिइन “जुन प्रकारले तिमीले मलाई छल गरी मलाई पति वियोग बनायौ त्यही प्रकारले तिम्री पत्नीको पनि छलपूर्वक हरण होस् तथा स्त्री वियोग सहनका लागि तिम्रो पनि मृत्यु लोकमा जन्म होस् ।”

यति भनेपछि वृंदा पतिसँगै सती गईन् । वृंदाको श्रापले गर्दा प्रभु श्रीरामले अयोध्यामा जन्म लिन पुगे तथा उनले सीता वियोगको पिडा सहनु परेको थियो ।

जुन ठाउँमा वृंदा सती गएकी थिइन त्यस ठाउँमा तुलसीको विरुवा उत्पन्न भएको थियो । वृंदाले आफ्नो सतीत्व भंग गरेकै कारण विष्णुलाई श्राप दिएकी थिइन् । तिमी पत्थर बन्नु भनेकोमा शालिग्राम भइ रहनु प¥यो । विष्णु भन्छन् “हे वृंदा! म तिम्रो सतीत्वको आदर गर्छु तर तिमी तुलसी बनेर सधैभरी मेरो साथमा रहनु, जुन मानिस कार्तिक एकादशीको दिन तिम्रो साथमा मेरो विवाह गर्नेछन्, उसको मनोकामना पूरा हुनेछ ।” बिना तुलसी दलको शालिग्राम अथवा विष्णुको पूजा अधूरो मान्ने गरिन्छ । शालिग्राम र तुलसीको विवाह भगवान विष्णु र महालक्ष्मीको विवाह सरह मान्ने धार्मिक मान्यता रहीआएको छ ।

धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्