Logo

ओलीसँग गले प्रचण्ड, ओली नै ५ वर्षको प्रधानमन्त्री



दाङ, २० कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आलोपालो सरकारको नेतृत्व गर्ने नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सहमतिबाट ब्याक भएका छन् । उनले आफू र ओलीबीच अढाई–अढाई वर्ष सरकारको नेतृत्व गर्ने कुरा इतिहास भइसकेको टिप्पणी गरेका छन् ।

बुधबार प्रेस सेन्टर,दाङले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले पाँच वर्षसम्म यही सरकार स्थायी रूपमा चल्ने बताए । त्यसैगरी अध्यक्ष दाहालले हालै भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलाई भारतभित्र समेटिएको कुरामा सरकारको ध्यान गएको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्