Logo

सनमाथिको रातो कार्डको निर्णय उल्टियो



टोटनह्यामबाट खेल्ने कोरियाली फुटबल खेलाडी सन हुङ मिनविरुद्धको रातो कार्डको निर्णय उल्टिएको छ । फुटबल एशोशिएसनले उनलाई दिइएको रातो कार्डको निर्णय उल्टाएको हो ।

निर्णयमाथि टोटनह्यामले उजूरी दिएको थियो । त्यसबारे सनको पक्षमा निर्णय भयो । प्रिमियर लिग फुटबलमा बर्नमाउथसँगको खेलमा सनले पोर्चुगलका खेलाडी गोमेजमाथि खतरनाक ट्याकल गरेपछि पहेंलो कार्ड देखाइएको थियो । तर, रेफ्रीले पुनः रातो कार्ड देखाएका थिए ।

भिडियो रेकर्डबाट हेर्दा सनले जानीजानी खतरनाक ट्याकल नगरेको देखिएको थियो । जसका कारण उनीमाथि तीन खेलको प्रतिबन्ध फुकुवा भयो । सन गोमेज घाइते भएपछि निकै दुखित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्