Logo

विप्लवपुत्र प्रकाशले भने- मेडिकल माफियाको मुटु थर्काउन आएको हुँ (भिडियोसहित)



काठमाडौं, २० कात्तिक । चिकित्सा शिक्षा संघर्ष समिति बनाएर मेडिकल शिक्षा सुधारको माग राख्दै आन्दोलनमा उत्रिएका विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवपुत्र प्रकाश चन्द ठकुरीले माफियालाई परास्त गरेरै छाड्ने बताएका छन् । उनले मेडिकल माफियाको मुुटु थर्काउन आफू काठमाडौं आएका बताए ।

संघर्ष समितिका संयोजक समेत रहेका प्रकाशले मंगलबार आन्दोलनरत विद्यार्थीको माझ भने, ‘हामी मेडिकल माफियाको मुटु थर्काउन काठमाडौं आएका हौं ।’ उनले मेडिकल गुण्डा र माफियालाई धुलोमा ल्याउने चेतावनी दिए । माफियाले प्रशासनलाई बसमा राखेको आरोप लगाए ।

मेडिकल माफियाविरुद्ध गोविन्द केसी अनसनमा बस्ने अवस्था आएको भन्दै त्यस्तो अवस्था आउननपर्ने परिस्थिति निर्माण गर्ने बताए । प्रकाशले मेडिकल शिक्षा सुधारको माग गर्दै डडेल्धुराबाट आन्दोलन शुरु गरेका डा. गोविन्द केसीको समर्थन गरे ।



प्रतिक्रिया दिनुहोस्