Logo

बढ्दो प्रदुषणको कारण वाराणसी मन्दिरमा भगवानलाई मास्क



उत्तर भारतमा बढ्दो बायु प्रदुषणको प्रकोपले जनजीवन निकै प्रभावित भएको छ । नयाँ दिल्लीमा प्रदूषणका कारण सबै सरकारी कार्यालय र शैक्षिक संस्था ठप्प छ ।

प्रदूषणका कारण वाराणसी मन्दिरमा पुजारीले पूजा समाप्त गरेर भगवानलाई समेत मास्क लगाईदिएका छन् । उक्त तस्बिर सामाजिक संजालमा भाइरल भएको छ ।

वाराणसीको शिघ्र क्षेत्रमा अवस्थित शिव पार्वतीको मन्दिरमा सेतो मास्क लगाई दिएका छन् । मास्क भगवान शिव,पार्वती,काली र साई बाबालाई लगाइएको हो। दिपावली पछि प्रदूषण झन बढेका कारण पुजारीले उक्त निर्णय लिएको हो ।

मुख्य पुजारीका अनुसार घुम्न आएका भक्तजनहरु पनि भगवानलाइ मास्क लगाएको देखेर प्रभावित भएको जनाए । बच्चा र युवावर्गलाई जागरूक गर्न उक्त कदम चालेको पुजारीले जनाएका छन् । बढ्दो प्रदुषणको कारण दैनिक रुपमा करी ६६०० घटना घटेको भारतीय तथ्यांकले सार्वजनिक गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्