Logo

महिला फुटवल खेलाडी उत्पादन गर्दै इटहरी उपमहानगर



सुनसरी, २० कात्तिक । इटहरी उपमहानगरले महिला फुटवल खेलाडी उत्पादनका लागि कार्यक्रम सुरु गरेको छ ।  उपप्रमुख लक्ष्मी गौतमका अनुसार महिला फुटवल खेलाडी तयार गर्नका लागि उपमहानगरले १ महिने निशुल्क छात्रा फुटवल प्रशिक्षण सुरु गर्न लागेको छ ।

मंसीर १ गते देखि सुरु हुने प्रशिक्षणका लागि इटहरीका सवै सामुदायिक तथा संस्थागत विद्यालयलाई दुई दुई जना छात्राको नाम खेलकुद शाखामा पठाउन माग गरिएको छ ।

सहभागी छात्राका लागि जर्सि र जुत्ताको उपमहानगरले ब्यवस्था गर्ने वताइएको छ । यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता गरिसकेको छ ।

छात्राहरुलाई प्रशिक्षण दिई फुटवल खेल प्रति आकर्षित गर्दै खेलाडी तयार गर्न इटहरी उपमहानगरले विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा छात्रा फुटवल प्रशिक्षण आयोजना गरिएको उपमेयर गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस्