Logo

विकिपीडियालाई हटाएर रुसी विश्वकोशको संस्करण हाल्ने पुटिनको प्रस्ताव



रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व प्रख्यात विश्वकोश विकिपीडियालाई हटाएर प्राविधिक रसियन संस्करणहाल्ने प्रस्ताव ल्याएका छन् । रसियन संस्करणले विश्वभर भरपर्दो जानकारी दिने प्रतिबद्ता समेत गरेका छन् । उनले रुसी मिडिया परिषदको अन्तरवार्तामा यसको खुलासा गरेका हुन् ।

सेप्टेम्बरमा दिएको जानकारी अनुसार २०२० देखि २०२२ सम्ममा १।७ अर्बको लागतमा संसारकै उत्कृष्ट अनलाइन विकिपेडियाको रूसी संस्करण निकाल्ने दाबी गरेका छन् । रुसी सरकारले रूसी विश्वकोशको कागज प्रतिलिपिलाई इलेक्ट्रोनिक संस्करणमा सिर्जना गर्न पैसा प्राप्त गर्ने बताएका छन् ।

रूसको आफ्नै इन्टरनेट

पुटिनद्वारा पारित एक राष्ट्रव्यापी इन्ट्रानेट गठन गर्दै नयाँ कानुनमा रूसी अधिकारीहरूले विश्वको बाँकी ठाउँबाट इन्टरनेटको बिच्छेदन गर्न सक्ने बताए ।

२०२१ सम्ममा स्वतन्त्र रूसी डोमेन नेम सिस्टम (DNS) बनाउने रुसी सरकारको प्रतिवद्धता रहेको छ ।

Photo source : The Indian Express



प्रतिक्रिया दिनुहोस्