Logo

प्रधानमन्त्री बन्छु भनेको भोलिपल्टै प्रचण्डले किन भने ‘आलोपालो इतिहास भइसक्यो’



काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको दुई दिनबीच दुई महत्वपूर्ण भनाई बाहिर आएको छ । नेपालगञ्ज पुगेर उनले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने बताए । त्यसको भोलिपल्ट दाङ पुगेर आलोपालो सरकारको नेतृत्व गर्ने विगतको सहमति इतिहास भइसकेको बताए ।

प्रचण्डका यी दुई भनाईहरुलाई निर्क अर्थपूर्ण मानिएको छ । प्रचण्डले प्रधानमन्त्री बन्ने हतारो गरिरहँदा आफूलाई वेटिङ प्रधानमन्त्रीका रुपमा देशभित्र र बाहिर प्रस्तुत गरिरहेका छन् । उनको स्पष्ट सन्देश आफू प्रधानमन्त्री बन्दैछु भन्ने पनि छ । तिहार अघिसम्म निराशा देखाउने र असन्तुष्टि पोख्ने प्रचण्ड निकै उत्साही पनि देखिएका छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो आलोपालो सरकारको नेतृत्वको सहमति भएको खुलासा प्रचण्डले गरेको यसै साल हो । ओली भारतीय प्रधानमन्त्री मोदीको सपथमा सहभागी हुन जानुअघि तीन महिना अघि उनले उक्त खुलासा गरेर राजनीतिक तरंग ल्याइदिएका थिए । विगतमा सहमति कार्यान्वयन नहुनेमा शंका समेत व्यक्त गरेका थिए । तर, प्रचण्ड आफैले त्यो आलोपालो सहमतिमा बेवास्ता गरे । उनले भने, ‘आलोपालो इतिहास भइसकेको छ ।’

एकातर्फ प्रचण्ड ढिलोचाँडो प्रधानमन्त्री हुन्छु भनिरहेका छन् अर्कोतर्फ आलोपालो इतिहास भइसकेको बताइरहेका छन् । यसले निकै राजनीतिक अर्थ राखेको छ । Photo Source: cmprachanda.com



प्रतिक्रिया दिनुहोस्