Logo

घाटै घाटाको वायुसेवा निगमले सार्वजनिक गयो महात्वाकांक्षी योजना



काठमाण्डौ । व्यवस्थापकीय कमजोरीबाट गुज्रिरहेको नेपाल वायु सेवा निगमले नयाँ योजना सार्वजनिक गरेको छ । न नयाँ जहाज थप्न सक्ने, न भएको राम्रोसँग प्रयोग गर्न सक्ने । वर्षौदेखि घाटामा चलिरहेको निगमले एक वर्ष भित्र २ अर्व भन्दाबढि रुपैयाँ बचत गर्ने दावी गरेको छ । निगम ६१ बर्षमा ३७ अर्ब घाटामा गएको छ ।

नेपाल वायु निगमको न्यारो बडी विमान खरिदमा भएको एक अर्बभन्दा बढीको अनियमितता काण्ड संसदीय समितिले गुपचुप राखेको छ । एक अर्ब २० करोड घोटाला ठहर गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन लुकाएको छ । एयरबससँगको सम्झौता म्याद समाप्त भइसकेपछि पनि एउटा जहाजमा ६० करोड बढी मूल्य बढाएर खरिद गरिएको निष्कर्ष उपसमितिको छ ।

उपसमितिका अनुसार दुईवटा न्यारो बडी खरिदमा एक अर्ब २० करोडभन्दा बढी घोटाला भएको छ । वाइड वडी विमान खरिद गर्दा भएको भनिएको ६ अर्व रुपैयाँ घोटलाबारेको अनुसन्धान पनि प्रभावकारी हुन सकेको छैन । भएका विमान पनि राम्रोसँग चलाउन सकेको छैन । उडाएका विमानबाट पनि पटक पटक घाटा भइरहेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३३ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । जापानको विभिन्न सहरमा उडान भर्दा निगम करोडौँ घाटामा छन् । तर निगमले भने एक वर्ष भित्र २ अर्व भन्दाबढि रुपैयाँ बचत गर्ने दावी गरेको छ ।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न उपाय लगाएर एक वर्ष भित्र २ अर्व २७ करोड रुपैयाँ बचत गर्ने कार्ययोजना तय गरिएको बताएका हुन् । वायु सेवा निगम ६१ बर्षमा ३७ अर्ब घाटामा गएको छ । सरकारले पाइलट लगायत विमानका सामानहरूको सहज उपलब्ध तालगायतका विषयलाई ख्याल नगरेकाले निगममा समस्याहरू देखापरेको खरेल बताउँछन् ।

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३३ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । निगमले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत ऋण प्रवाह गर्ने निकायलाई वार्षिक ३ अर्ब ६६ करोड ब्याज भुक्तानी गर्न बाँकी नै छ । देशकै पुरानो र एतिहासिक एयरलाइन्सको रुपमा रहेको नेपाल वायुसेवा निगम एक मात्र राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो । तर निगम कहिलै पनि सफल देखिएको छैन ।



प्रतिक्रिया दिनुहोस्