Logo

१३ औँ सागको खेल तालिका सार्वजनिक, रंगशाला निर्माण अझै सकिएन



काठमाण्डौ । यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समय नजिकिए संगै निर्माण कार्य तिब्र रुपमा भईरहेको छ । तर कतिपय भौतिक संरचना निर्माणले अझै पूर्णता पाएको छैन । यद्यपी सम्पुर्ण तयारी अन्तिममा पुगेको भन्दै राखेपले सागको खेल तालिका पनि सार्वजनिक गरेको छ ।

अब १३ औं दक्षिण एसियाली खेलकुद (साग)आयोजना हुन २५ दिन मात्र बाँकी छ । काठमाण्डौको दशरथ रंगाशालामा सागको उद्घाटन मंसिर १५ गते हुनेछ । खेलहरु भने काठमाडौं, पोखरा, जनकपुर, लगायतका रंगशालाहरुमा विभिन्न खेलहरु खेलाइनेछ । सागमा फुटवल, क्रिकेट, बास्केटवल, टेबुलटेनिस, जुडो, उसु लगायत २७ वटा खेलहरु हुने राष्ट्रिय खेलकूद परिषदले जानकारी दिएको छ ।

आर्चरी, व्याडमिण्टन, ट्रायथलन, बीच भलिवल, फुटवल, क्रिकेट लगायत ९ वटा खेल पोखरामा हुनेछ भने एथ्लेटिक, भलिवल, फुटवल, बास्केटवल, टेबुलटेनिस, खो खो, गल्फ, लगायत काठमाण्डौंको त्रिपुरेश्वर, सातदोवाटो, क्रितिपुर, लगायतका स्थानमा हुनेछन् । पौडी, सुटिङ टेनिस, तेक्वान्दो, जुडो,उसु, स्क्वास, बक्सिङ लगायतको खेल ललितपुरमा हुने छन् । जनकपुरमा कुस्ती एक खेलमात्र हुने गरी राखेपले खेल तालिका बनाएको छ ।

बुधबार सम्ममा वंगलादेशका ५ सय ९१, भारतका ४ सय ६५, माल्दिप्सका ३ सय ३२ पाकिस्तानका ४ सय १३, श्रीलङकाका ६ सय २२ जना लगायत ३ हजार २ सय १३ जना खेलाडिले नाम दर्ता गराईसकोका छन् । आयोजक नेपालले सबै खेलमा प्रतिस्पर्धा गराउने तयारी गरेको छ भने खेलाडि पनि नेपालबाट सबैभन्दा धेरै संख्यामा सहभागि हुनेछन् । नेपालबाट ६ सय ४८ जना सहभागी हुनेछन भने सबै भन्दा कम भुटान बाट १ सय ४२ जना सहभागी हुने राखेपको तथ्यांक छ ।

बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा, भारत १७ वटा खेलमा सहभागिता जनाउने भएको छ भने आयोजक नेपालले २७ वटा खेलमा सहभागिता जनाउनेछ । नेपालले नै आयोजना गरेको आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले पाएको सफलता नघट्ने गरी तयारी भइरहेको साग सचिवालयका प्रमुख कमल थापााले बताए ।

सबै तयारी पूरा भएको दावी गर्दै राखेपले खेल तालिका सार्वजनिक गरे पनि उद्घाटनस्थल दशरथ रंगशाला तयार भइसकेको छैन । तिब्र गतिमा काम भइरहेकाले साग प्रभावित नहुने गरी समयमा नै मर्मत कार्य सकिने ठेकेदार कम्पनीको दावी छ ।

२०७० सालदेखि नै यो रंगशालाको पुनर्निर्माण थालिएको थियो । २०७२ सालमा आएको विनाशकारी भूकम्पले रंगशाला भत्काएपछि सिंगै नयाँ संरचना निर्माण गर्नुपर्ने अवस्था सृजना भएको हो । करिब १८ देखि २० हजारको दर्शक क्षमता भएको यो रंगशालाको क्षमता अब पुनर्निर्माणपछि १५ हजार दर्शक क्षमताको हुनेछ ।



प्रतिक्रिया दिनुहोस्