Logo

‘प्लसटु टपर’ कविताको सपना रह्यो अधुरै



सिन्धुपाल्चोक, कार्तिक २० । सरकारी जागीर खाने लक्ष्य बोकेकी कविताको परिवार अहिले शोकमा छ । सरकारी जागिर खाने र परिवारको सहायता बन्ने सपना बोकेर घरबाट काठमाडौं हिडेकी तिनै कविताको आइतबार चौतारा सुकुटेस्थित सुनकोशी नदीमा भएको बस दुर्घटनामा मृत्यु हो ।

२० वर्षीय कविता राउतलाई गुमाएपछि उनको परिवार शोकाकुल अवस्थामा रहेको छ । सरकारी जागिर खाएर अधिकृत बन्ने लक्ष्य बोकेकी कविताको मृत्युको खवरले उनलाई चिन्ने जो कोहि स्तव्ध छन् ।

मृतक कविता हालै सदरमुकामको कालिञ्चोक माविबाट एजुकेशन साइन्समा प्लसटुमा ३ दशमलब ४१ जीपीएसहित क्याम्पस प्रथम भएकी थिइन।

सरकारी जागिरको तयारी कक्षा र स्नातक तहको पढाइका लागि भर्ना हुने लक्ष्यसहित बिहान हाँसीखुशी बस चढेकी कविताको निधनको खबरले  परिवारकै सपना सुनकोशीमा विलिन भएको छ ।



प्रतिक्रिया दिनुहोस्