Logo

महिला र पुरुष फुटबल खेलाडीलाई बराबर तलव



सिड्नी, कात्तिक २० । अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक पाउने भएका छन् । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।

फुटबल फेडरेसन अस्ट्रेलिया एफएफएले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष खेलाडीहरु आरोन मूए र म्याट र्याएन सरह पारिश्रमिक प्राप्त गर्नेछन् ।

महिला खेलाडीहरुले पुरुषझैं अन्तर्रा्िष्ट्रय प्रतिस्पर्धामा भाग लिन जाँदा विमानमा “बिजनेस क्लास”को टिकट पाउने छन् ।

अस्ट्रेलियाको यस निर्णयले अमेरिकी महिला फुटबल खेलाडीलाई पनि प्रोत्साहन मिल्नेछ किनभने उनीहरुले पनि अमेरिकी पुरुष फुटबल खेलाडी सरह पारिश्रमिकको माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरुको यस मुद्दामा अर्को वर्ष मे महिनामा सुनुवाई हुँदैछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्