Logo

सुख्खा बन्दरगाहको काम सुस्त गतिमा



काठमाडौं, कार्तिक २१ । चोभारस्थित निर्माणाधीन काठमाडौं सुख्खा बन्दरगाहको काम सुस्त गतिमा भइरहेको छ । १८ महिनाभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भएको १५ महिना बितिसक्दा पन काममा भने त्यति प्रगती हुन सकेको छैन् ।सम्झौताअनुसार निर्माण सम्पन्न गर्न कबोल भएको समयसीमा सकिन अब तीन महिना मात्रै बाँकी रहेको छ।

१५ महिनाको दौरानमा करिब ९५ प्रतिशतभन्दा बढी प्रगति हासिल गर्नुपर्नेमा बल्ल २० प्रतिशतको हारहारीमा मात्रै भौतिक प्रगति देखिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले अन्तर्रा्ष्ट्रियस्तरको सुख्खा बन्दरगाह निर्माण गर्न चिनियाँ कम्पनी सान्छी र नेपाली कम्पनी आशिषको ज्वाइन्ट भेन्चरसँग सम्झौता गरेको हो।

सरकारले यस आयोजनालाई अन्तर्रा्ष्ट्रियस्तरको सुख्खा बन्दरगाह भने पनि स्थानीयले यसलाई अहिलेसम्म पनि स्वीकार गर्न सकेका छैनन्। जसका कारण पनि निर्माणका काम लामो समयसम्म अघि बढ्न सकेन। आजको नेपाल समाचारपत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्