Logo

देउवाको प्रिय बडाल जाँत (भिडियोसहित)



काठमाडौं, कार्तिक २१ । कुनै समय डेउडाका पारखी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले भने डेउडाप्रतिको माया मार्दे लगेका छन् ।

काक्तिक शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवामेला लाग्ने डडेल्धुराको गन्यापधुरा गाँउपालीका वडा नम्बर २ मा लाग्ने बडाल जाँतको मेला हेर्ने युवा अवस्थामा नछुटाउने देउवा भने अहिले उक्त मेला हेर्न जान छोडेका छन ।

पश्य गर्खाको शानको रुपमा परिचित उक्त मेलाको डेउडा र चौलो प्रख्यात मानिने गरेको छ ।केहि बर्ष पहिलेसम्म उक्त मेलामा देउवा आउने समाचारबाट त्यहाँका स्थानिय निकै उत्साहि हुने गरेका थिए । देउवाको उपस्थितिले अझ रौचकता थप्ने उक्त मेला आज त्यहाँ धुमधामसंग मैनाइदै छ ।

अहिले लाटा गन्याप देवताको उक्त मेला हेर्न गन्यापधुरा गाउँपालीका सहित अन्य स्थानिय तह र कैलाली, कञ्चनपुर, बैतडी, डोटी तथा भारतको उत्तराञ्चल प्रदेशबाट समेत भक्तजन आउने गरेपनि देउबा भने पछिल्ला बर्षमा देखिन छोडेका छन् ।

मेला स्थल सम्मै सडकको राम्रो पहुँच भएकाले बिगतका बर्ष भन्दा पछिल्ला बर्षहरुमा भक्तजनहरुको उल्लेखनीय सहभागीता रहदै आएको छ ।

जाँतमा देवी–देवताको पूजा आजसँगै धामीको नाच, स्थानीय मौलिक बाँजागाजासँगै चौलो, देउडा हुने गरेकाले जाँतको महत्व निकै नै रहको मानिन्छ । अबको केहि समयमा नै दिउँसोको चौलोको लागि अहिले त्यँहा तयारी भईरहेको छ ।

दाइन, दमाह, रुइसिंग, भोकर बाजागाँजाका साथ स्थानीय हातमा ढाल तरवार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्दछ। फोटो भिडियोः जिपी भण्डारीको युट्युवबाट साभार



प्रतिक्रिया दिनुहोस्