Logo

फुटबलमा नयाँ स्टारको उदय, १८ वर्षमै रोड्रिगोले च्याम्पियन्स लिगमा ह्याट्रिक गरे (भिडियोसहित)



गएराति च्याम्पियन्स लिग फुटबल रियल मेड्रिडका लागि फलदायी बन्यो । उसले टर्कीको क्लब गालातासारेविरुद्ध ६-० को जीत हासिल गर्यो ।

खेलमा फुटबल जगतले नयाँ स्टार पाएको प्रमाणित भयो । ब्राजिलका १८ वर्षीय किशोर रोड्रेगा सिल्भा डि गोजले रियलका लागि ह्याट्रिक गरे । २१ औं शताब्दीमा जन्मिएर च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो खेलाडी बने रोड्रेगो । उनले खेलको शुरुमै लगातार दुई गोल गरे । चौंथो र सातौं मिनेटमा सानदार गोल गर्दै अग्रता दिलाए ।

पहिलो गोल डिबक्सभित्रबाट गलातासारेका दुई खेलाडीलाई छलाउँदै गरे । दोस्रो गोल हेडमार्फत् गरे । तेस्रो गोल गोलकिपरसँग वन भर्सेस वनमा गरे । तीनवटै गोलमा गोलकिपरले कुनै मौका नै पाएनन् । हेड गोलमा गोलकिपर हेरेको हेरै मात्र भए ।

ह्याट्रिकका लागि इन्जुरी समय पर्खनुपर्यो । रामोजले १४ औं मिनेटमा पेनाल्टी हान्ने अवसर रोड्रेगालाई दिइएको भए १४ औं मिनेटमै ह्याट्रिक पूरा हुने सम्भावना थियो । तर, पूरा खेल अवधि आकर्षणको केन्द्र बनेका उनले फुटबल जगतमा सनसनी मच्चाए । संसारले नयाँ नियमार पाएको खबरहरु छापिए ।

च्याम्पियन्स लिगमा कम उमेरमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने रोड्रेगा । यसअघि रियलका खेलाडी राउलले किशोरावस्थामा ह्याट्रिक गरेका थिए ।

पाँच फिट ९ इन्च अग्ला रोड्रेगो बारे थोरै मात्र जानकार थिए । दक्षिण अमेरिकामा फुटबल खेलिरहेका उनी हालैमात्र रियलमा अनुबन्धित भएका हुन् । उनले छ वटा खेल खेलेर पाँचवटामा गोल गरिसकेका छन् ।

ब्राजिलको साउ पाउलोमा ९ जनवरी सन् २००१ मा जन्मिएका रोड्रेगो शुरुमा फुटबल टिममा आवद्ध थिए । उत्कृष्ट खेल कौशलका कारण उनी सान्तोस क्लबबाट खेल्न थाले । त्यहाँबाट यसै वर्ष मात्र रियल मेड्रिडमा अनुबन्धित भए । दक्षिण अमेरिकाबाट यसै वर्ष यूरोप पुगेका उनले फुटबल जगतमा सनसनी मच्चाउन थालिसकेका छन् ।

जीतपछि उनले निकै खुशी व्यक्त गरेका छन् । जीतमा आफ्नो सम्पूर्ण टिमको भूमिका रहेको बताए । Photo Source: Twitter

https://twitter.com/i/status/1192205176758820864



प्रतिक्रिया दिनुहोस्