Logo

सोलो रिलिजमा पनि डुब्यो “बादशाह जुट”



अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतम स्टारर चलचित्र “बादशाह जुट” बक्सअफिसमा असफल भएको छ । १५ कात्तिकमा रिलिज भएको यो चलचित्रले सोलो रिलिजको मौका पाउँदा पनि फ्लप भएको हो । मल्टिप्लेक्सहरुमा अझै सो चलिरहँदा पनि यो चलचित्रले दर्शकको खडेरी व्यहोर्नु परेको छ ।
डेढ करोडको आसपासमा निर्माण भएको यो चलचित्रको दुई निर्माता नराम्रोसँग डुबेका छन् । चलचित्रमा हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठको लगानी रहेको छ । चलचित्रले भित्तामा टाँसेको पोस्टरसम्मको लगानी पनि उठाउन नसकेको देखिन्छ । एकल रिलिज भएको यो चलचित्रलाई मल्टीप्लेक्समा बलिउड चलचित्र “हाउसफुल ४” र दुई नेपाली चलचित्र “छ माया छपक्कै” र “पोइ पर्यो काले” को कारण दर्शकहरु तान्न सकेन । आफूलाई बादशाह सम्झने दुई पात्रको कथामा आधारित चलचित्रको “वर्ड अफ माउथ” बलियो नभएको जनाइएको छ ।

अभिनय रहेको केही चलचित्रहरुको प्रदर्शन मिति लगातार सरिरहेको बेला अभिनेता सुशीललाई “बादशाह जुट” बाट ठूलो आश थियो । यो चलचित्रअघि पनि सुशील अभिनीत चलचित्र “सायद २” र “कारखाना” बक्सअफिसमा फ्लप भइसकेको छ । सुशीलले यो चलचित्रसँगै फ्लप चलचित्रमा ह्याट्रिक गरेका छन् । सुशीलको चलचित्र करियर अलमलमा रहेको छ ।

यस वर्ष चलचित्र “दाल भात तरकारी”, “जात्रै जात्रा”, “कबड्डी कबड्डी कबड्डी” र “छ माया छपक्कै” ले मात्रा नाफाको व्यापार गरेका छन् । अरु प्रदर्शनमा आएका धेरै चलचित्रहरुले आफ्नो लगानी टाढाको कुरा पोस्टरको पैसासम्म उठाउन सकेनन् । File Photo



प्रतिक्रिया दिनुहोस्