Logo

योद्धा अवतारमा प्रदिप (भिडियोसहित)



अभिनेता प्रदिप खड्का अभिनीत चलचित्र “प्रेमगीत ३” को मोसन टिजर सार्वजनिक भएको छ । यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक यो चलचित्रको मोसन टिजर सार्वजनिक गरिएको हो । भिडियोमा चकलेटी हिरो प्रदिपलाई एक योद्धाको रुपमा फिचर्ड गरिएको छ । भिडियोबाट चलचित्र २२ चैतमा रिलिज हुने सूचना पनि प्राप्त हुन्छ ।

भिडियोमा घोडामा सवार प्रदिपको अनुहारमा रगत लतपत देखिन्छ । उनको हातमा एक धारिलो हतियार पनि देखाइएको छ । यो भिडियोले धेरै दर्शकलाई चलचित्रमा के हुन्छ भन्ने कौतुहलता जागृत गरेको छ ।

चलचित्र “प्रेमगीत ३” मा प्रदिपले तेस्रो पटक “प्रेम” को भूमिका निभाउँदैछन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशित यो चलचित्र २ सय वर्ष पुरानो प्रेमकथामा आधारित हुनेछ । चलचित्र “प्रेमगीत” ले नै प्रदिपलाई चलचित्रमा चिनाएको थियो । अभिनेत्री पूजा शर्मासँग उनले स्क्रिन सेयर गरेका थिए । उनी लगातार चलचित्रको तीन सिरिजमै मुख्य पात्रको स्थानमा छन् भने सिरिजसँगै अभिनेत्री भने परिवर्तन भएको छन् । यसपटक ‘गीत’ को भूमिकामा नव–अभिनेत्री क्रिस्टिना गुरुङ देखिँदैछिन् ।

आसुशेन फिल्मस्को ब्यानरमा बन्न लागेको चलचिमा चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको छन् । चलचित्रमा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी, बनिश शाहरभुपेन्द्र अधिकारीको सम्पादन र कल्याण सिंह अनि एलिश कार्कीको संगीत रहनेछ भने कुमार सेन र ओएसआर डिजिटल सह–निर्मातामा छन् ।

चलचित्रमा प्रदिप र क्रिस्टिनासँगै अभिनेता शव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेता शिवले फिल्ममा राजाको भूमिका निभाउँदैछन् ।

हेर्नुहोस मोसन टिजरः

Photo Source: Thecinematimes



प्रतिक्रिया दिनुहोस्