Logo

लत्ताकपडा सहित छोकडा बरामद



पर्सा,२१ कात्तिक । प्रहरीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवैध कपडा र छोकडा बरामद गरेको छ । वीरगंज महानगरपालीकाको बिभिन्न स्थानबाट उल्लेखित सामान २० कात्तिकमा बरामद गरेको हो ।

पर्सा कार्यालयबाट खटिएकोे प्रहरी टोलीले सल १४ पिस, सुट १३ पिस, सुटको कपडा तीन थान, उलन सलको कपडा दुई थान, उलन सर्टको कपडा एक थान पेटीकोटको कपडा एक थान, उलन कुर्तासुरुवाल २० पिस, ढाका टोपी बनाउने कपडा दुई थान र १८ किलो छोगडा बरामद गरेको जनाएको छ ।

बरामद सामान आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालय पर्सामा बुझाइएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्