Logo

अवैध सालको काठ बरामद



पर्सा,२१ कात्तिक । प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ बाट २० कात्तिकमा उक्त काठ बरामद गरेको हो ।

प्रहरी चौकी रंगपुर पर्सावाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा अवैध सालको काठ लम्बाई पाँच फिट, चौडाई चार फिट भएको एक थान, लम्बाई सात फिट, चौडाई तीन फिट भएको एक थान र लम्वाई छ फिट, चौडाई चार फिट भएको एक थान गरी जम्मा तीन थान सालको काठ फेला पारी बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्