Logo

चलचित्र स्वर्णिम महोत्सव वीरगञ्जमा



वीरगञ्जमा “नेपाल चलचित्र स्वर्णिम महोत्सव २०७६” सुरु भएको छ । चलचित्र निर्माता संघले आयोजना गरेको यो वीरगञ्जमा पहिलो महोत्सव हो । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा महोत्सवको उद्घाटन गरिएको छ । उद्घाटनअघि चलचित्र कलाकाहरु सबैले प्रभातफेरि लगाएका छन् । घण्टाघरबाट सुरु गरेर प्रभातफेरि रंगशालासम्म पुग्यो ।

महोत्सवका लागि सबै पूरानादेखि नयाँ पुस्तासम्मका सबै कलाकारहरु वीरगञ्जमा पुगेको छन् । भारतमा बस्दै आएकी अभिनेत्री निरुता सिंहसँग महोत्सव कै लागि बलिउड स्टार गोविन्दा र उनकी श्रीमती सुनिता पनि वीरगञ्ज पुगेका छन् । गोविन्दा सबैभन्दा बढी नेपाल आउने बलिउड अभिनेता हुन् ।

२१ कात्तिकदेखि २३ कात्तिकसम्म हुने यस महोत्सवमा नायिका स्वेता खड्का, वर्षा शिवाकोटी, वर्षा राउत, दिपाश्री निरौला, झरना थापा, साम्राज्ञी राज्य लक्ष्मी शाह, नायक विराज भट्ट, हिरिवंश आचार्य, दिपकराज गिरी र २०१७ की मिस नेपाल निकिता चण्डक लगायत सम्पूर्ण नेपाली फिल्म इन्ड्रस्टिसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको छ ।Photo Source: Youtube



प्रतिक्रिया दिनुहोस्