Logo

लागूऔषध सहित नियन्त्रणमा



काठमाडौं, २१ कात्तिक । लागुऔषध सहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका ६ बौद्ध रामहिटी बस्ने गोबिन्द परियार लगायत चार जनालाई २० कात्तिकको दिउँसो नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट लागूऔषध नुर्फिन सात एम्पुल, डाईजेपाम १ सय ४ एम्पुल, फेनारगन २४ एम्पुल र लुप्रिजोसिक १४ एम्पुल बरामद गरेको छ ।

उक्त स्थानमा लागूऔषध बिक्री बितरण भइरहेको भन्ने खबर पश्चात महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्