Logo

आठ अर्ब वार्षिक कमाउने किम बाथरुमको ढोका थुनेर किन रोइन्



किम कार्डसियन संसारमै बढी धन आर्जन गर्नेमध्येकी रियालिटी शोकी स्टार हुन् । किम ब्रान्ड संसाभर चलेको छ । संसारका चर्चित उत्पादनहरुले उनलाई मोडलिङका लागि अनुबन्धित गर्छन् । उनको वार्षिक कमाई सवा सात करोड डलर रहेको छ । जुन नेपाली आठ अर्ब जति हुनआउँछ ।

भौतिक सुख र पैसाले मात्र किमलाई आनन्द दिएको छैन । उनले यो यथार्थलाई व्यक्त गरेकी छिन् । किम बुधबार आफ्नो पुरानो बाथरुममा गइन् । ढोका थुनेर खुबै रोइन् ।

परिवारसँग बिताएको पलहरुको याद गरिन् । दुःखका साथ परिवारका लागि समय छुट्याएर घुमिन्, लन्च सँगै खाइन् अनि रमाइन् । जब परिवारलाई समय दिएर व्यस्त जीवनमा फर्किन लागिन् तब खुबै रोइन् । उनले यो विषय ट्वीटरमा लेखेकी छिन् । आफूले परिवारसँग लन्च गर्ने र घुम्ने योजना बनाउँदा पनि रोएको र कार्यक्रम सकिएपछि झन् बेस्सरी रोएको उल्लेख गरिन् । Photo Source: Twitter



प्रतिक्रिया दिनुहोस्