Logo

ओलीले प्रचण्डलाई बालुवाटार बोलाए, के छलफल भयो ?



काठमाडौं, २१ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच डेढ घण्टा लामो छलफल भएको छ । प्रधानमन्त्री ओलीले आज विहान प्रचण्डलाई बालुवाटार बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।

पछिल्लो समय अध्यक्षद्धय ओली र दाहालबीच सम्बन्ध सुमधुर भएको छ । ओली अहिले बालुवाटारमा आराम गरेर बसेका छन् । उनको मृगौलामा समस्या देखिएपछि केही दिनअघि मात्रै ग्राण्डी अस्पताल पुगेर हेमोडायलासिस गराएका थिए । चिकित्सकहरुले उनलाई नियमित डायलासिस वा पूनः प्रत्यारोपण गर्न सल्लाह दिएको बुझिएको छ ।

प्रचण्ड देश दौडाहबाट हिजोमात्रै काठमाडौं फर्किएका छन् । उनले यो बीचमा पूर्व ईलामदेखि पश्चिम दाङसम्मको राजनीतिक भ्रमण गरेका छन् । काठमाडौं आउनेबित्तिकै ओलीले मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बालुवाटार बोलाएको स्रोतको दाबी छ । अध्यक्ष दाहालले हिजोमात्रै ५ वर्ष नै ओलीले सरकार चलाउने घोषणा गरेका थिए । उनको यो अभिव्यक्तिले पनि दुई अध्यक्षबीच पछिल्लो समय भद्र समझदारी बनेको प्रष्ट बुझिन्छ ।



प्रतिक्रिया दिनुहोस्