Logo

ज्वाईलाई सासुले खुकुरी हानिन्



दाङ, २१ कात्तिक । प्रहरीले खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ । शान्तिनगर गाउँपालिका ३ बस्ने आफ्नै ज्वाई गणेश चन्दलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा घोराही उपमहानगरपालिका १० नारायणपुर बस्ने उनकी सासुआमा मधु कुमारी मल्ललाई २० कात्तिकको राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

चन्द र उनकी श्रीमती ससुराली गएको अवस्थामा श्रीमान श्रीमती बीच सामान्य बिबादको बिषयलाई लिएर मधुले ज्वाईलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले मधुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
गम्भीर घाइते अवस्थामा रहेका चन्दलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएकोमा थप उपचारको लागि नेपालगञ्ज बाँके रिफर गरिएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्