Logo

कोमल वलीको घरमा प्रचण्डको डिनर



काठमाडौं, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड कोमल वलीको दाङस्थित घरमै पुगेका छन् । उनले बुधबार राति वली परिवारसँग साँझको खाना समेत खाए ।

पार्टी कार्यक्रमको सिलसिलामा दाङ पुगेका प्रचण्ड तुलसीपुरस्थित वलीको घरमा पुगेर परिवारसँगै खाना खाएका हुन् । उक्त कुरा वलीले फेसबुकमा उल्लेख गरेकी छिन् ।

प्रचण्डले कोमल वलीका बाबु, भाई र बुहारीसँग भेटेका थिए । कोमलकी भाईबुहारीले प्रचण्डलाई खाना बनाएर खुवाएकी थिइन् । बुधबार नै कोमल वलीको दाङस्थित सचिवालयको प्रचण्डले उदघाटन गरेका थिए ।

राप्रपाबाट राजनीतिक शुरु गरेकी कोमल पछिल्लो समय नेकपामा छिन् । उनलाई केपी शर्मा ओलीले तत्कालिन नेकपा एमालेमा प्रवेश गराएर राष्ट्रिय सभाको सांसद समेत बनाएका थिए । राजनीतिमा लाग्दा पनि वली गीत गाउन छाडेकी छैनन् । Photo Source:FB



प्रतिक्रिया दिनुहोस्