Logo

रुप ज्योति विमानस्थलबाट पक्राउ, यस्तो छ आरोप



काठमाडौं, २१ कात्तिक । चर्चित उद्योगपति डा. रुप ज्योती आज पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहीबार साँझ पक्राउ गरेको हो । हाउजिङको घर दिन्छु भनेर नदिएको भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

उनी सिंगारपुरबाट आउने थाहा पाएपछि प्रहरीले दिउँसैदेखि पक्राउको तयारी गरिसकेको थियो। अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा पूर्वअर्थ सहायक मन्त्रीसमेत रहेका रुपज्योतिलाई काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० गते पक्राउ गर्न आदेश दिएको थियो। Photo Source: Google/Social Media



प्रतिक्रिया दिनुहोस्