Logo

पूर्वअर्थ सहायकमन्त्री रुप ज्योती पक्राउ



काठमाडौं, कात्तिक २१ । पूर्वअर्थ सहायकमन्त्री तथा व्यवसायी रुप ज्योतीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

हाउजिङको घर दिन्छु भन्दै नदिएपछि उनी विरुद्व विजेन्द्रमान श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा उनलाई पक्राउ गरेर प्रहरी परिसरमा राखिएको प्रहरीले जानकारी गराएको छ ।

शुक्रबार अदालतमा उपस्थित गराएर उनीमाथिको ठगी मुद्दाको प्रक्रिया अगाडी बढाइने प्रहरीको भनाई छ । सिंगापुरबाट काठमाडौं फर्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्