Logo

चिनियाँ ह्याकरसहित नौजना खोरमा



काठमाडौं,कार्तिक २२ ।पछिल्ला दिनमा हपराधीहरू भटाभट प्रक्राउ पर्न थालेका छन् । प्रहरीले पनि उनीहरूलाई गिरफ्तार गर्दै अदालतसामु पेस गरिरहेको छ । कतिपय घटनाको त पुराना अपराधिसमेत प्रक्राउ भइरहेका छन् । अदालतले उनीहरूको कसुर, माग हेरेर विगो र जेल सजायँ तोकिरहेको छ ।

यही क्रममा विहीवार उच्च अदालत पाटनले राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथको स्विच ह्याक गर्ने छ जना चिनियाँ ह्याकरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको संयुक्त बाणिज्य इजलासले सोही मुद्दामा दोषी ठहर गरेका तीन जना नेपालीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

चिनियाँ ह्याकरलाई थुनामा राख्न र एकजना नेपालीलाई ३० लाख, दुई जनालाई जनही २६ लाख रुपैयाँ धरौटी माग गर्दै मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको छ । चिनियाँले एटिएमबाट निकालेको नेपाली रकम नेपाली नागरिकले युआन, डलर साटिदिने मनी एक्सचेन्जका तीनजना मुद्दामा तानिएका थिए ।

मुद्दामा तानिएका देवनाथ लामिछानेलाई ३० लाख रुपैयाँ, रोशन प्रधान श्रेष्ठ र रेवती दुवाडीबाट जनही २६ लाख रुपैयाँ नगद वा, जेथा जमानी दिएमा पुर्पक्षका लागि धरौटीमा छोड्न आदेश भएको हो ।

नेपाली तीन जनालाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ भने झु लियाङगाङ्समेत ६ जना चिनियाँ नागरिकको थप अनुसन्धान गर्न थुनामा राख्न आदेश भएको छ । गत भदौ १४ गते एटिएमबाट पिन ह्याक गरी रकम निकालेको आरोप उनीहरूमाथि छ ।



प्रतिक्रिया दिनुहोस्