Logo

ओली र दाहालबिच छलफल



काठमाडौं,कार्तिक २२ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार छलफल भएको दाहाल सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालले १४ मंसिरमा हुने उपनिर्वाचन, पार्टी एकताको बाँकी कामलगायतको विषयमा छलफल भएको बताइएको छ ।

दुई अध्यक्षका बीचमा छलफल भए पनि कुनै विशेष निर्णय नभएको नेकपा स्रोतले जनाएको छ । पार्टी तथा सरकार सञ्चालन, उपनिर्वाचन एवं पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा सामान्य छलफल भएको हो । तत्कालीन एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७५ मा पार्टी एकता भए पनि पोलिटब्युरो, आयोग गठनको काम अझै टुंगो लागेको छैन ।आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्