Logo

आलम आज पनि अदालतको कठघरामा



काठमाडौं, २२ कार्तिक । रौतहट बम विस्फोटमा परेर घाइते भएकाहरुलाई जिउँदै इट्टाभट्टामा जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता मोहम्मद अफताव आलमलाई आज पनि अदालतको कठघरामा उभ्याइने भएको छ ।
आलमको थुनछेक बहस विहीवार नसकिएकाले शुक्रबार पनि जारी रहने भएको हो ।

उनीविरुद्ध बिहीबार नेपाल सरकारका तर्फबाट ३ जना सरकारी वकिलले बहस गरे । बिहीबार महान्यायाधीवक्ताको कार्यालयबाट गएका सहन्यायाधीवक्ता सूर्यराज दाहाल, उपन्यायाधीवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले बहस गरे ।

अब बादी (नेपाल सरकार)का तर्फबाट २ जना सरकारी वकिलले बहस गर्न बाँकी गर्ने कार्यक्रम छ । उता आलमको तर्फबाट भने २८ जना कानुन व्यवसायीले वहस गर्ने तयारी छ । जाहेरीकर्ता (पीडित) पक्षबाट बहस गर्नका लागि ९ जनाले वकालतनामा दर्ता गराएका छन् ।

आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले १२ वर्ष अगाडिको घटनामा आलमसहित १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ भण्डारण र उत्पादन कसुरमा जन्मकैद सजायको मागदाबीसहित मद्दा दायर भएको छ ।



प्रतिक्रिया दिनुहोस्