Logo

कुन अंगमा कोठी भएको मानिस कस्तो



मानिसको शरीरमा कुनै न कुनै अंगमा कोठी हुने गर्छ । कोठी भएको ठाउँमा छालाको भन्दा फरक रङ हुन्छ । शरीरमा कोठी पत्ता लगाउन सजिलो छ । छालामा भएको कालो तथा रातो थोप्लो नै कोठी हो ।

कोठी दुई प्रकारका हुन्छन् । प्राय: कालो कोठी धेरैमा हुने हुन्छ भने रातो कोठी कम हुने गर्छ । । कोठीले शरीरको भाग अनुसार सानो आकार भएमा मानिसलाई सुहाउदो समेत बनाउछ । कोठीकै कारण कतिपय मानिसहरु सुन्दर र कामुक पनि देखिन्छन् । तर, ठूलो कोठी भएमा भद्धा हुने र सुन्दरतालाई विगार्ने हुन्छ ।

हस्तरेखा विज्ञानका अनुसार यदि मानिसको खास अंगमा कोठी छ भने त्यसले उक्त मानिसलाई धनवान बनाउने तथा सदैव सुखी हुन्छ । शुभ र सम्बृद्धशाली हुन्छ ।

मानिसको नाइटो तथा त्यसको आसपासमा कोठी आएको छ भने शुभ र लाभदायक मानिन्छ ।

शरीरको तल्लो भाग अर्थात खुट्टाको औंलाको मुनि विशेष गरी पैतालामा कोठी आएको छ भने सफलताको प्रतिक मानिन्छ ।

कानमा आएको कोठीले मानिस बुद्धिमान र शैक्षिक उपाधिबाट विशिष्ट पद सफल पार्न सक्छन् । बुद्धिका कारण प्रस्शत धन कमाउन सक्छन् ।

ढाडमा कोठी भएको मानिस ठूला सपना देख्ने र महत्वाकांक्षी र खर्चालु हुने गर्छन् । यस्ता व्यक्तिको बुढेसकाल कष्टकर हुने जोतिषशास्त्रले बताएको छ ।

यौन अंग तथा त्यसको वरिपरी आएको कोठीले कामुकताको संकेत गर्दछ ।

धर्म ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्