Logo

कर्णको रथ यसकारण भाँस्सियो



महाभारत युद्धमा अर्जुन र कर्णको युद्ध चलिरहेको थियो । त्यही समयमा कर्णको रथको पांग्रा जमिनमा धसिन पुग्यो र अर्जुनले धर्मको बारेमा सम्झाएका थिए ।

युद्धमा कौरव सेनाका केही वीर सेनाहरु मारिएका थिए । त्यसपछि अर्जुन र कौरवका वीचमा युद्ध सुरु भयो । उनीहरु युद्ध गरिरहेका थिए त्यही समयमा कर्णको रथको पांग्रा जमिनमा धसियो ।

कर्ण रथबाट बाहिर निस्के र रथको पांग्रा निकाल्ने कोसिस गर्न थाले त्यही समयमा अर्जुनले आफ्नो धनुषमा बाण चढाएर राखेका थिए । कर्णले अर्जुनसँग भने “तिमी शत्रुको जस्तो व्यवहार नगर, एउटा सेनामाथि तिमीले युद्ध गर्न सुहाउँदैन । मलाई रथको पांग्रा निकाल्न देऊ त्यसपछि म तिमीसँग युद्ध गर्नेछु, केही समय पर्ख ।”

यस्तो कुरा सुनेपछि श्रीकृष्णले भने “कोही अधर्मी संकट तथा अप्ठ्यारोमा पर्छ अनि मात्र उसलाई भगवानको याद आउँछ । जब द्रौपदीको वस्त्र हरण गरिएको थियो,जुवाखालमा धोका दिएको थियो त्यस बेला कसैले धर्मको साथ दिएनन् । वनवासपछि पाण्डवले उनका राज्य फिर्ता नदिनु, १६ वर्षसम्म एक्लै अभिमन्युलाई विभिन्न सेनाहरुले घेरेर मारेका थिए । यो पनि अधर्म नै हो । त्यस समय कर्णको धर्म भनिन्थ्यो ।” श्रीकृष्णका यस्ता कुरा सुनेर कर्ण निराश भएको थियो । श्रीकृष्णले अर्जुनलाई भने तिमी नरोकेऊ र वाण चलाऊ ।

कर्णलाई धर्मको कुरा गर्ने अधिकार छैन । उनले सधैभरी अधर्मकै साथ दिए । अर्जुनले तुरुन्त कृष्णको आदेश मानेर कर्णमाथि वाण प्रहार गरे । वाण लागेपछि श्रीकृष्णले कर्णको दानवीरताको प्रशंसा पनि गरेका थिए । कर्णले हरेक समय दुर्योधनको अधार्मिक काममा सहयोग गरेका थिए । त्यसकारण कर्णलाई अर्जुनको हातबाट मारिएको थियो ।

धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्