Logo

बिद्युत सर्ट भई आगलागी



पर्सा,२२ कात्तिक । प्रहरीले खरले छाएको घरको पसलमा लागेको आगो नियन्णमा लिएको छ । कात्तिक २१ गते दिनको तीन बजे आगो लागलागी भएको हो ।

जगरनाथपुर गाउँपालिका ३ बस्ने हिरा पासवानको खरले छाएको घरको पसलमा अचानक बिद्युत सर्ट भई आगलागी भएको खबर प्राप्त हुन साथ प्रहरी चौकी पाण्डेपुर, पर्साबाट खटिएको प्रहरी टोली र स्थानीय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट १ लाख बराबरको सम्पत्ति क्षती भएको र मानवीय तथा चौपायामा कुनै क्षती नभएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्