Logo

फेरी किन समातिए “लिलिबिली” निर्माता गोविन्द



वितरक तथा निर्माता गोविन्द शाहीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले उनलाई भक्तपुरको राधेराधेस्थित भाटभटेनीबाट दिउँसो नियन्त्रणमा लिएको हो । उनी त्यहाँ भर्खर सञ्चालनमा आएको क्यूएफएक्सको नयाँ शाखामा चलचित्र ‘घामड शेरे’ हेर्न पुगेका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि कालिमाटी वृत्तको जिम्मा लगाएको छ ।

अदालतले पटक–पटक उपस्थिति हुन गरेको आदेश नमानेपछि जरुरी पक्राउ पूर्जी जारी गरेर उनलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतले चलचित्र ‘लिलिबिली’ निर्माणको क्रममा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा दुई महिला अगाडि पक्राउ गरेको थियो । ‘लिलिबिली’ का निर्माता द्वय मिलन चाम्स र सुदीप खड्काले एक करोड रुपैयाँ हिनामिना गरेको भन्दै उजुरी दिएका थिए । काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि निर्माता शाहीले १४ दिन प्रहरी हिरासतमा बिताएका उनी सर्वोच्च अदालतको आदेशपछि बन्दीप्रत्यक्षीकरण रिटमा रिहा भएका थिए ।

निर्माता द्वय चाम्स र खड्काले चलचित्र निर्माता संघमा पनि ‘लिलिबिली’ निर्माणको हिसाब र हलबाट उठेको रकम नदेखाएको भन्दै उजुरी गरेका थिए । तर, पटक–पटक छलफलको लागि बोलाउँदा पनि बेवास्था गरेपछि निर्माता शाहीलाई उपाध्यक्ष पदबाटै बर्खास्त गरिएको थियो ।Photo Source: Jayhosh



प्रतिक्रिया दिनुहोस्