Logo

रुप ज्योतिकी छोरी सुरुचि पनि पक्राउ



काठमाडौं, २२ कात्तिक । ठगी आरोपमा पक्राउ परेका डा. रुप ज्योतिकी छोरी पनि आज पक्राउ परेकी छिन् । हाउजिङका नाममा २ करोड ७० लाख रूपैयाँ ठगी गरेको आरोप लागेका ज्योतिकी छोरी सुरुचि ज्योतिलाई प्रहरीले आज पक्राउ गरेको हो । रूप ज्योति भने हिजो (बिहीबार) त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

रूप ज्योतिलाई पक्राउ गर्न सर्वोच्च अदालतले सोमवार बाटो खोलिदिएको थियो । ठगी मुद्दामा निजलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूप ज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले ज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएपछि जिल्ला अदालतको आदेश सदर भएको थियो ।



प्रतिक्रिया दिनुहोस्