Logo

सुनको मूल्य घटेर उनन्सत्तरी हजार पुग्यो



काठमाडौं,२२ कात्तिक । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । कात्तिक २१ मा प्रति तोला ७० हजार ६ सयले कारोबार भईरहेको छापावाला सुन आज सात सयले घटेर प्रति तोला ६९ हजार ९ सयमा कारोवार भएको छ ।

चाँदकिो मूल्य २५ रुपैँयाले घटेर प्रति तोला ८ सय ३५ रुपैंयामा कारोबार भइरहेको छ । आज छापावाला सुन प्रति १० ग्रामको मूल्य ५९ हजार ९ सय ३० रुपैंया तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । प्रति १० ग्राम चाँदीको मूल्य ७ सय १६ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्