Logo

युरोपेली निर्देशक पम्पालोनीले गरिन् परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट



काठमाडौँ, २२ कात्तिक : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेकी एशिया–प्रशान्त क्षेत्रका लागि युरोपेली सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे ।

त्यस अवसरमा नेपाल–युरोपेली सङ्घ सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । उनीहरुबीच आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयमा पनि छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्